राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : मतदान जारी, आजै नतिजा आउने

डिसी नेपाल
२५ माघ २०७९ १२:१५
180
Shares

दाङ। लुम्बिनी प्रदेशमा एक सिटका लागि राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सुरु भएको मतदानको नतिजा आउने बताइएको छ।

स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रदेश सभा सदस्य मतदाता रहेको सो निर्वाचनमा अपरान्ह ३ बजेसम्म मतदानका लागि समय तोकिएको छ।
त्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरु आज हुने चुनावी प्रतिष्पर्धामा छन्।

जसअनुसार सत्तारूढ एमालेकातर्फवाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी छ।

तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजिनामा दिए पछि उक्त प्रदेशवाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पद रिक्त हुन पुगेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.