राष्ट्रपति भण्डारीद्वारा २८ माघमा रात्रिभोजको आयोजना

डिसी नेपाल
२५ माघ २०७९ १६:५०
116
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोज आयोजना गर्ने भएकी छिन्। राष्ट्रपति भण्डारीले माघ २८ गते ३ बजे राष्ट्रपति कार्यालय शितल निवासमा रात्रीभोजको आयोजना गर्ने भएकी हुन ।

संघीय संसदका सांसद्‍हरुलाई भण्डारीले भोजका लागि मोबाइल म्यासेजमार्फत निम्तो दिएको जनता समाजवादी पाटी नेपालका सा‌सद राजकिशोर यादवले जानकारी दिए । राष्ट्रपतिले आयोजना गर्ने उक्त् रात्रि भोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक निकायका उच्च अधिकारी र कुटनीतिक नियोगका प्रमुखहरु उपस्थित हुनेछन् ।

आगामी २७ गते संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुलाई संयुक्त सम्बोधन गरेको भोलीपल्ट राष्ट्रपति भण्डारीले रात्रीभोजको आयोजना गर्न लागेकी हुन ।
नेपालको संविधानले दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने जनाएपछि यसलाई बिदाई भोजको रुपमा हेरिएको छ ।

निर्वाचन आयोगले २८ फागुनमा राष्ट्रपति निर्वाचनको घोषणा गरिसकेको छ । जसअनुसार मुलुकले राष्ट्रपतिमा तेस्रो नयाँ अनुहार पाउनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.