राजकुमार ह्यारी र मेगन मर्केललाई सामन्था मर्केल मानहानि मुद्दामा सोधपुछ हुन सक्ने

डिसी नेपाल
२६ माघ २०७९ १२:२४
32
Shares

काठमाडौं । ड्युक अफ ससेक्स प्रिन्स ह्यारी र डचेस अफ ससेक्स राजकुमारी मेगन मर्केललाई सामन्था मर्केल मानहानि मुद्दामा सोधपुछ हुन सक्छ।

राजकुमारी मर्केलकी सौतेनी बहिनी सामन्था मर्केलले आफूलाई हानि पुर्‍याउने उद्देश्यले झूट बोलेको आरोप लगाउँदै अमेरिकी अदालतमा मानहानीको मुद्दा दायर गरेकी छन्।

सन् २०२१ मा अमेरिकाको चर्चित शो होस्ट ओप्रा विन्फ्रेलाई दिएको एक अन्तर्वार्ताको सन्दर्भमा उनको आरोप लगाइएको हो ।

उक्त अन्तर्वार्तामा दुवैले आफ्नो व्यक्तिगत जीवन, परिवार, शाही जीवन र मानसिक स्वास्थ्यका बारेमा कुरा गरेका थिए ।

सामन्था मर्केलले मार्च २०२२ मा दायर गरेको मुद्दामा मेगनले आफूलाई ‘एकमात्र सन्तान’ भएको दाबी गरेर ‘झूटो र दुर्भावनापूर्ण’ रूपमा संसारमा बदनाम गरेको आरोप लगाएकी थिइन्।

मेगनले मुद्दा खारेज गर्न अपील गरे पनि अदालतले उनको अपील स्वीकार गर्न अस्वीकार गर्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *