अमेरिका र बेलायतपछि अष्ट्रेलियाले पनि चिनियाँ उपकरणविरुद्ध कठोर निर्णय लियो

डिसी नेपाल
२६ माघ २०७९ १५:५९
56
Shares

काठमाडौं । अष्ट्रेलिया सरकारले देशभरका सरकारी भवनहरूबाट चीनमा बनेका सुरक्षा क्यामेरा र निगरानी उपकरण हटाउने बताएको छ।

अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्ल्सले भने कि यी उपकरणहरूले सुरक्षा समस्या निम्त्याउने सम्भावना छ र तिनीहरूलाई सम्बोधन गर्न आवश्यक छ।

लेखापरीक्षण प्रतिवेदनपछि रक्षामन्त्रीको यो भनाइ आएको हो । करिब २ सय ५० सरकारी भवनमा चिनियाँ कम्पनी हिक्भिजन र दहुआले बनाएका नौ सयभन्दा बढी उपकरण रहेको लेखापरीक्षणमा देखिएको छ ।

अमेरिका र बेलायतले गत वर्ष पनि यस्तै निर्णय लिएका थिए । यस निर्णयको कारण चिनियाँ सरकारले यी उपकरणहरूको डाटामा पहुँच गर्न सक्ने थियो।

पछिल्लो समय अस्ट्रेलिया र चीनबीचको सम्बन्धमा तनाव देखिएको छ। यद्यपि प्रधानमन्त्री एन्टोनी अल्बानीजले पछिल्लो घटनाक्रमले दुई देशबीचको सम्बन्धमा नकारात्मक असर नपर्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *