शुक्रबारदेखि सुरु हुने विवेकशील साझाको महाधिवेशनको तयारी पूरा
काठमाडौं । विभिन्न चिरामा छिन्नभिन्न भएको विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनको तयारी पुरा भएको छ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गरिने महाधिवेशनको तयारी पुरा भएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए ।
उनका अनुसार पार्टी केन्दी्रय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो । शनिवारसम्म चल्ने महाधिवेसनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
महाधिवेशनको राजनीतिक दस्तावेजका लागि केशव दाहाल तथा प्रस्तावित बिद्यानका लागि रमेश पौडेलले प्रस्ताव पेश गर्ने पाण्डेले जानकारी दिए । उनका अनुसार महाधिवेशन पछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ ।
शुक्रबारबाट देखी सुरु हुने महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment