सुदुरपश्चिममा एमाले सरकार ढलेपछि कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त

डिसी नेपाल
२६ माघ २०७९ १९:३७
732
Shares

धनगढी। नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पद गुमाउँदै राजिनामा दिएपछि कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री चयन भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलको कांग्रेस प्रदेश संसदिय दलका नेता कमल शाहले मुख्यमन्त्रीमा दावि पेश गरेका थिए।

शाहले गरेको दावि पेश गरे पछि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियक्त मुख्यमन्त्री शाहले भोलि पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रदेश सभा बैठकमा सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य अनुपस्थित भएपछि मुख्यमन्त्री रावलले विश्वासको मत पाउन सकेनन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.