गुगलको एउटा गल्तीका कारण १०० अर्ब डलरको नोक्सानी, अब आश्वस्त पार्न खोज्दैछ

डिसी नेपाल
२८ माघ २०७९ १०:१६
224
Shares

काठमाडौं । आफ्नो एक विज्ञापनमा गल्ती भएपछि गुगलले प्रयोगकर्ताहरूलाई यो आश्वस्त पार्न कोशिस गरिरहेको छ कि ऊ आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको दौडमा अझै अगाडि छ।

यो विज्ञापन गुगलको आर्टिफिसियल इन्टेलिजेन्स च्याटबोट ‘बार्ड’ को थियो, जसमा गल्तीका कारण गुगलले १०० अर्ब डलर (८२ खर्ब ५९ अर्ब रुपैयाँ) नोक्सानी बेहोरेको थियो ।

गुगलले हालै आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स च्याटबोट बार्ड ल्याउने घोषणा गरेको थियो ।

सोमबार जारी गरिएको उक्त विज्ञापनमा नौ वर्षीया केटीले जेम्स वेब स्पेस टेलिस्कोपको खोजबारे च्याटबटलाई प्रश्न सोधेको देखाइएको छ।

जवाफमा, च्याटबोटले बताउँछ कि यो टेलिस्कोपले पहिलो पटक पृथ्वीको सौर्यमण्डल बाहिरको ग्रहको तस्बिर लियो।

तर, खगोलविद्हरूले यो जानकारीलाई गलत भन्दै पहिलोपटक यो तस्विर खिच्ने उपलब्धि सन् २००४ मा युरोपमा निकै ठूलो टेलिस्कोपको नाममा भएको बताएका थिए ।

यसपछि बुधवार मूल कम्पनी अल्फाबेटको सेयर सात प्रतिशतले घट्दा कम्पनीलाई १०० अर्ब डलर घाटा भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *