आईएमएफसँगको वार्ता असफलः अनिश्चयतर्फ धकेलिँदै पाकिस्तान

डिसी नेपाल
२८ माघ २०७९ २२:५७
52
Shares

इस्लामावाद । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँगको वार्ता असफल भएपछि पाकिस्तान आर्थिक स्थिति अनिश्चिततातर्फ धकेलिएको छ । सरकारी अधिकारी र आइएमएफबीच पाकिस्तानलाई एक अर्ब अमेरिकी डलरभन्दा बढी सहायता राशी उपलव्ध गराउनेसम्बन्धी वार्ता असफल भएपछि इस्लामावाद कठिन स्थितिमा पुगेको हो ।

शिथिल भएको देशको अर्थतन्त्रलाई गतिशील तुल्याउन तथा आर्थिक सङ्कट उत्पन्न हुन नदिन पाकिस्तान सरकारले आईएमएफबाट प्याकेजमा सहायता जुटाउने प्रयास गरेको थियो । सैनिक खर्च अधिक विनियोजन गरेको पाकिस्तान सरकारले अन्य क्षेत्रमा सन्तुलित रूपमा रकम विनियोजन गर्न नसक्दा आर्थिक स्थिति नाजुक बनेको आर्थिक विश्लेषकहरूले बताएका छन् । विदेशी मुद्रा सञ्चिति अकल्पनीय ढङ्गले घटेको छ ।

वार्ताको क्रममा आईएमएफको प्रतिनिधिमण्डलले पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पाकिस्तानलाई सत्रौँ तह र त्यसभन्दा माथिका सरकारी अधिकारीको सम्पत्ति घोषणा गर्न आग्रह गरेको थियो ।

सम्पत्ति घोषणाको प्रक्रिया सहज तुल्याउन कानुन कार्यान्वयन निकायलाई सम्पत्तिमा पहुँच दिने निर्देशिका तर्जुमा गर्न, स्थानीय मुद्राका लागि बजार निर्धारित विनियम दर, इन्धन अनुदान सहजतालगायत आर्थिक सङ्कटबाट पार लगाउने उपायसहित धेरै पूर्वशर्त अघि सारेको थियो । भ्रष्टाचार नियन्त्रण तथा जवाफदेहिता सुनिश्चित गर्नुपर्नेमाजोड दिँदै आईएमएफको टोलीले त्यसनिम्ति कार्यदल गठन गर्ने प्रतिबद्धता पूरा गर्न इस्लामावादसँग आग्रह गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *