रास्वपा बैठकः १६ जना केन्द्रीय सदस्य थपिए, गृह मन्त्रालय पाए मात्र सरकारमा जाने निर्णय
फाइल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले १६ जना केन्द्रीय सदस्य थप्दै केन्द्रीय समिति ४० सदस्यीय पुर्याएको छ।
करिव १०० जनाको नाम सिफारिस भएकोमा कार्यदलले टुंग्याएर सिफारिस गरेका १६ जनालाई बैठकले मनोनित गरेको हो । रास्वपाले अहिले केन्द्रीय सदस्य नभएका तर सांसद रहेकाहरूलाई भने केन्द्रीय समितिमा ल्याएको छैन।
आजको बैठकले निशा मेहता, विन्दवासिनी कंसाकार, रूपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टीका संग्रौला ज्वाला, हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्रीलाई केन्द्रीय सदस्य बनाउने निर्णय हो ।
यस्तै बैठकले पूर्व सहमतिअनुसार गृह मन्त्रालय पाएमा मात्र सरकारमा जाने निर्णय गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment