६ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
काठमाडाैं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ।
बुधबार प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन ६ सयले घटेर प्रतितोला १ लाख ३ हजाररुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ८५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य ५ रुपैयाँले घटेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment