स्कटल्याण्डमाथि नेपालको शानदार जित

डिसी नेपाल
५ फागुन २०७९ १७:०७
916
Shares

काठमाडौं। काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ।

टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले लिग टू को विजेता बनिसकेकी स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको हो। स्कटल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले १६ रन बनाए । अर्का ओपनर आसिफ शेखले ९ रन बनाए। ज्ञानेन्द्र मल्ल ४ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेलले ६ रन बनाए। कुशल मल्लले ८१ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले अविजित ८५ रन बनाए।

त्यस्तै गुल्सन झाले १७ रन बनाउँदा सोमपाल कामीले २४ रन बनाए। त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको थियो। स्कटल्याण्डका लागि माईकल लिस्कले १ सय ७ रनको शतकीय ईनिङ खेले।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। कुशल मल्लले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १–१ विकेट लिए। स्कटल्यान्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ। नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *