बार्सिलोनालाई पछ्याउँदै रियल म्याड्रिड, रातीको खेलमा २-० को जित

डिसी नेपाल
७ फागुन २०७९ ८:१९
124
Shares

काठमाडौं। स्पेनिस ला लिगामा रियल म्याड्रिडले सहज जित दर्ता गर्दै शीर्षस्थानको बार्सिलोनासँग उपाधी दाबी गरेको छ।

रियलले घरेलु टोली ओसासुनालाई २-० ले पराजित गर्दै शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी ५ मा छोट्याउँदै उपाधि दाबेदारी गरेको हो।

पाम्पलोनामा शनिबार राति भएको खेलमा पाहुना टोली रियलको जितमा दोस्रो हाफमा नै फेडे भाल्भेर्डे र मार्को एसेन्सियोले गोल गरे। प्रतिस्पर्धात्मक खेलको ७८औं मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई १-० को अग्रता दिलाए र ८९औं मिनेटमा भिनिसियसले गोल गरेका थिए भिएआरबाट मान्यता पाएन।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा परिवर्तित खेलाडी मार्को एसेन्सियोले गोल गर्दै रियलको २-० को अग्रता दिलाए।

यस जितसँगै दोस्रो स्थानमा रहेको रियलको २२ खेलबाट ५१ अंक पुगेको छ। एक खेल कम खेलेको बार्सिलोनाको ५६ अंक छ। पराजित ओसासुना ३० अंक जोडेर १०औं स्थानमा छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *