इग्लिस प्रिमियर लिगमा लिभरपुलको सहज जित
काठमाडौं। इग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ।
शनिबार राति भएको खेलमा लिभरपुलले न्युकासललाई २–० गोल अन्तरले हराएको हो
लिभरपुलको जितमा डार्विन नुनेज र कोडी गाक्पोले एक एक गोल गरे पछि लिभपपुलले सहज जीत निकालेको हो। खेलको दशौँ मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए। लगतै, १७ औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए।
खेलको २२ औं मिनेटमा गोलकिपर निक पोपले रातो कार्ड पाएपछि न्युकासल १० खेलाडीमा समेटिएको थियो।
यस जितसँगै लिभरपुलले २२ खेलमा ३५ अंक जोडेर आठौं स्थानमा रहेको छ भने न्युकासल ४१ अंक जोडेर चौंथो स्थानमा रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment