आजको विनिमय दर : अमेरिकी डलरमा वृद्धि हुँदा युरोपियन युरोको मूल्य घट्यो
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ बढेको छ भने युरोपियन युरोको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा कायम गरिएको छ। यसअघि शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा थियो। यो मूल्य अघिल्लो कारोबारको मूल्य भन्दा १८ पैसाले बढेको हो।
आइतबार युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ ६६ पैसा र बिक्रीमा १४१ रूपैयाँ ३० पैसामा काराेबार हुनेछ। यो मूल्य अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा एक रुपैयाँले घटेको छ। शुक्रबार युरो एकको खरिदमा भने १४१ रूपैयाँ ४० पैसा र बिक्रीमा १४२ रूपैयाँ ४ पैसा कायम गरिएको थियो।
उता, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५७ रूपैयाँ ९१ पैसा र बिक्रीदर १५८ रूपैयाँ ६२ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ९० रूपैयाँ २३ पैसा र बिक्रीमा ९० रूपैयाँ ६४ पैसा तोकिएको छ। अघिल्लो कारोबार भन्दा ९३ पैसाले अष्ट्रेलियन डलर घटेको छ। शुक्रबार यसको खरिदमूल्य ९१ रूपैयाँ ३४ पैसा र बिक्रीमूल्य ९१ रूपैयाँ ७५ पैसामा कारोबार भएको थियो ।
आइतबार क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ८९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३३ पैसामा काराेबार हुनेछ ।
यसैगरी, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४२ पैसा, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ र बिक्रीमा ३६ रूपैयाँ १७ पैसा, मलेसियन रिंगिट एकको खरिददर २९ रूपैयाँ ८४ पैसा र बिक्रीमा २९ रूपैयाँ ९७ पैसामा काराेबार हुनेछ ।
उता, कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ १४ पैसा र बिक्रीमा ४३३ रूपैयाँ १० पैसा, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ८५ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ४४ पैसा तोकिएको छ।







डिसी नेपाल







Facebook Comment