पाँचथरको फालेलुङ गाउँपालिका केन्द्रको नाम फेरियो
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका केन्द्रको नाम परिवर्तन गरिएको छ ।
गाउँ कार्यपालिकाको बैठकले साविक नाम थोक्लिम्बालाई परिवर्तन गर्दै थकेपुङ कायम गर्ने निर्णय गरेको हो ।
नाम परिवर्तन गर्ने निर्णय भएसँगै गाउँपालिकाले शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी अबोप्रान्त फालेलुङ गाउँपालिका केन्द्र रहेको स्थानलाई थकेपुङमा परिवर्तन गरेको जानकारीसमेत गराईसकेको छ।
गाउँ कार्यपालिकाको गत २२ माघबसेको बैठकले नाम परिवर्तन गर्ने निर्णय गरे पिछ राजपत्रमा पकाशित गरिएको प्रशासकीय अधिकृत डम्बर आङदेम्बेले जानकारी दिए ।
गाउँपालिका केन्द्र रहेको स्थानलाई परापूर्वकालदेखि थकेपुङ भनिँदै आएकोमा अपभ्रंश गरी थोक्लिम्बा भनिन थालेकोमा विरोध हुदैँ आएको थियो ।
राजपत्रमा सूचना प्रकाशन भएसँगै अब उक्त स्थानलाई गाउँपालिका छापमा ‘फालेलुङ गाउँपालिका’को कार्यालय थकेपुङ पाँचथर’ भनेर उल्लेख गरिनेछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment