१६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिप नेपालमा हुने
काठमाडौं। १६ औं संस्करणको एसियन क्रस कन्ट्री च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ।
नेपाल एथलेटिक्स एसोसियसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन २३ गते बिहीबार एसियन क्रस कन्ट्री च्याम्पियनसिप हुने जानकारी दिएको हो।
प्रतियोगिता एसियन एथलेटिक्स एसोसियसनको तत्वावधानमा आयोजना हुने आयोजकले जनाएको छ। प्रतियोगितामा नेपालसहित एसियाका ४० देखि ४५ राष्ट्रका करिव ४५० जना खेलाडीहरुको सहभागिता जनाउने छन्।
गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टको एरियामा संचालन हुने प्रतियोगितामा सिनियर पुरुष र महिलातर्फ १० कि. मि., २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ कि.मि. र २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ कि.मि.का कूल ४ विधामा व्यक्तिगत र टिम ईभेन्टसहरुमा प्रतिष्पर्धा हुने एथलेटिक्स एसोसियसनका अध्यक्ष राजीव बिक्रम शाहले जानकारी दिए।
यस प्रतियोगिता नेपालले दोश्रो पटक आयोजना गर्ने लागेको हो। यस अघि करिव २४ वर्ष अगाडी सन् १९९९ मा यस प्रतियोगिता नेपालले आयोजना गरेको थियो। यस प्रतियोगितामा नेपालबाट सहभागीता जनाउने खेलाडी फागुन ९ गते छनोट गरेर बन्द प्रशिक्षणमा राखिने एथलेटिक्स एसोसियसनले जनाएको छ।
प्रतियोगीताको अनुमानित बजेट करिव तीन करोड पैसठ्ठी लाख पचपन्न हजार पाँच सय रुपैया रहेको एसोसियसनले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment