इंग्लिस प्रिमियरमा टोटेनहम हटस्परको २-० जीत

डिसी नेपाल
८ फागुन २०७९ ८:०४
88
Shares

काठमाडौं। टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडमाथि बिजय हासिल गरेको छ। इमर्सन रोयल र ह्युङ मिन सनले गोल गरेपछि टोटेनहमले घरेलु मैदानमा वेस्ट ह्याम माथि २-० ले बिजय हासिल गरेको हो।

टोटेनहम हटस्पर स्टेडियममा आइबार राति भएको खेलमा पाहुना टोली वेस्ट ह्यामले टोटेनहमलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन। र, ५६औं मिनेटमा बेन डेभिसको पासमा इमर्सनले गोल गर्दै टोटेनहमलाई १-० को अग्रता दिलाए।

७२औं मिनेटमा सनले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे। उनले ह्यारी केनको पासमा गोल गर्न सफल हुन पुगे। यस जितसँगै चौथो स्थानमा रहेको टोटेनहमको २४ खेलबाट ४२ अंक पुगेको छ। पराजित वेस्ट ह्याम २३ खेलबाट २० अंक जोडेर १८औं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *