भूगोल इनर्जीको आईपीओ बिक्री खुला, कहाँ जाने भर्न ?

डिसी नेपाल
८ फागुन २०७९ ९:२३
112
Shares

काठमाडौँ। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ आज (फागुन ८ गते)देखि बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्रीमा ल्याउन हो।

कम्पनीले ५ लाख ४४ हजार ५३ कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ८ हजार ८११ कित्ता सेयर जारी गर्न लागेको हो।

आयोजना प्रभावित स्थानीयका लागि जारी गर्ने आईपीओमा आयोजना अतिप्रभावित क्षेत्र नौमुलेद्वारी–३ दैलेखका स्थानीयका लागि २ लाख ७२ हजार २६ कित्ता र त्यसबाहेक दैलेख जिल्लाका स्थानीय बासिन्दाका लागि २ लाख ७२ हजार २६ कित्ता सेयर छुट्याइएको छ।

यस आईपीओमा बिक्री प्रबन्धकको काम एनआईसी एसिया क्यापिटलले गर्नेछ। यस आईपीओमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

यस आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले फागुन २५ गते गतेसम्म आवेदन दिन पाउने छन्। स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द भने छिटोमा फागुन २५ गते र ढिलोमा चैत १२ गते बैंकिङ समयसम्म खुला हुने भएको छ।

स्थानीय बासिन्दाले आयोजनास्थल, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.