घुडाँकाे चोटले नेयमार एक महिना मैदान बाहिर

डिसी नेपाल
९ फागुन २०७९ ९:१८
256
Shares

काठमाडौँ। पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिली फरवार्ड नेयमार गम्भिर घाइते भएका छन्।

फ्रेन्च लिग वान अन्तरगत आइतबार राति लिलमाथि ४–३ को रोमाञ्चक जित निकालेको खेलमा नेयमारको घुँडामा चोट लागेको हुनाले उनी एक महिना खेल बाहिर रहनु पर्ने भएको हो ।

‘उनको एमआरआई स्क्यानमा कुनै फ्याक्चर भएको देखिएको छैन तर उनको लिगामेन्टको थप परिक्षण भइरहेको छ,’  फ्रान्सेली क्लब पीएसजीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। एमआरई परिक्षणपछि उनी कम्तीमा पनि एक महिना मैदान बाहिर रहनु पर्ने भएको क्लबले जनाएको छ ।

बेन्जामिन आन्द्रेले गरेको ट्याकलमा ब्राजिलियन स्टार नेयमार घाइते भएका थिए। लिलको मिडफिल्डरले नेयमारलाई फउल गरेपछि मैदानमा लड्न पुगेका थिए। त्यसपछि उनलाई स्ट्रेचरबाट मैदान बाहिर लगिएको थियो।

यो पिएसजीको लागि ठुलो झट्काको रुपमा हेरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *