सप्तरीकी महिलाले जन्माइन् एकैपटक तीन सन्तान

डिसी नेपाल
१० फागुन २०७९ ७:१०
692
Shares

सप्तरी। सप्तरी जिल्लाक‍ो रुपनी गाउँपालिका एक महिलाले एकै पटकमा तीन सन्तानलाई जन्म दिएकी छिन्। रुपनी गाउँपालिका वडा नम्बर १ रायपुर बस्ने ओमरामकी पत्नी सरस्वती रामले एकै पटक तीन सन्तानलाई जन्म दिएकी हुन्।

सरस्वतीले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार दिउँसो दुई जना छोरा र एक जना छोरी जन्म दिएक‍ो स्थानीय सन्तोष यादवले जानकारी दिएका छन्। दुई छोराको तौल क्रमशः १ कलो ६६० ग्राम र १ किलो ४८० ग्राम रहेको छ भने छोरीको तौल १ किलो ६६१ किलोग्राम रहेको छ।

प्रसुती व्यथा लागेपछि उनलाई धरान लगिएको थियो। उनले पहिलो पटक बच्चा जन्माउँदा तीन सन्तान जन्म भएको हो।

एकै पटक तीन बच्चाको जन्म दिएकी सरस्वतीको परिवारलाई आर्थिक अवस्था कमजोर भएका कारण बच्चाको पालनपोषण गर्न समस्या हुने भएकोले सहयोग गरिदिन यादवले सामाजिक संजाल मार्फत आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *