राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न एकीकृत समाजवादीले बाेलायाे सचिवालय बैठक

डिसी नेपाल
१० फागुन २०७९ ११:३९
292
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको सो पार्टीका महासचिव बेदुराम भुसालले जानकारी दिए।

सत्तारुढ गठबन्धन दलभित्र एमालेले राष्ट्रपतिमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको नाम प्रस्ताव गरेको चर्चाका बीच सो पार्टीले सचिवालय बैठक बोलाएको हो।

एमाले अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई राष्ट्रपति बन्न प्रस्ताव गरेपछि सचिवालय बैठकले त्यस विषयमा निर्णय लिने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *