उपचारको क्रममा बालिकाको मृत्यु भएपछि अस्पतालमा आन्दोलन
काठमाडौँ। २८ महिनाकी बालिका प्रशंशा गौतमको सामान्य रुघा खोकी उपचारको क्रममा मृत्यु भएपछि एक दम्पत्तिले काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालमा आन्दोलन गरिरहेका छन्।
मोरङका गंगा गौतमले आफ्नी २८ महिनाकी छोरी प्रशंशाको उपचारको क्रममा लापरबाही गरेका कारण ज्यान गएको भन्दै सो अस्पताल र कार्यरत चिकित्सक जयदेव यादवलाई कारबाही गर्न माग गर्दै अस्पतालमा आन्दोलन गरेका हुन्।
सामान्य रुघाखोकी लागेकी प्रशंशालाई उनीहरुले सो अस्पतालमा माघ २३ गते पुर्याएका थिए। उनीहरूका अनुसार त्यति बेला प्रशंसालाई सामान्य रुघाखोकी लागेको थियो। डा. यादवकै लापरबाहीका कारण प्रशंसाको ज्यान गएको गंगाको बुझाइ छ।











No ads found for this position
प्रतिक्रिया


Facebook Comment