सांसद अरुण चौधरीको निलम्बन फुकुवा, अब निर्बाध रुपमा बैठकमा भाग लिन पाउने

डिसी नेपाल
१० फागुन २०७९ १४:२३
104
Shares

काठमाडौं । रेशमलाल चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको निलम्बन फुकुवा भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले गृह मन्त्रालयबाट प्राप्त पत्र पढेर सुनाएसँगै सांसद चौधरीको निलम्बन फुकुवा भएको हो ।

निलम्बन फुकुवा भएसँगै सांसद चौधरी अब निर्वाध रुपमा प्रतिनिधिसभाको बैठकमा सहभागी हुन पाउने छन् ।

झन्डै ५ बर्ष अघि टयाक्टर जलाएको आरोपमा कैद सजाय सुनाइएका चौधरी गत १९ माघमा पक्राउ परेका थिए । तर,  फैसला कार्यान्वयनका लागि जेल परेका चौधरीलाई गत साता  पुष्पकमल दाहालको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाए पछि ७ फागुनमा रिहा भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.