भारतविरुद्धको एकदिवसीय सिरिजका लागि अष्ट्रेलिया टोलीको घोषणा
काठमाडौं । मार्चमा हुने भारतविरुद्धको एकदिवसीय सिरिजका लागि अस्ट्रेलियाली टोलीको घोषणा गरिएको छ । फास्ट बलर प्याट कमिन्स टिमको कप्तान हुनेछन् ।
बिहीबार घोषणा गरिएको १६ सदस्यीय टोलीमा तीन घाइते अलराउन्डर ग्लेन म्याक्सवेल, मिचेल मार्स र झे रिचर्डसन फर्किएका छन् । टोलीका मुख्य चयनकर्ता जर्ज बेलीले यस वर्ष भारतमा हुने एकदिवसीय विश्वकपलाई ध्यानमा राख्दै यो शृङ्खलाले खेलाडीलाई धेरै अनुभव दिने बताएका छन् ।
भारतसँगको एकदिवसीय शृंखला १७ मार्चबाट सुरु हुनेछ जुन २२ मार्चसम्म चल्नेछ।
अष्ट्रेलियाको टोली: प्याट कमिन्स (क), सिन एबोट, एस्टन अगर, एलेक्स क्यारी, क्यामरुन ग्रीन, ट्राभिस हेड, जोस इंग्लिस, मार्नस लाबुस्चेन, मिचेल मार्स, ग्लेन म्याक्सवेल, झे रिचर्डसन, स्टीव स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, डेभिड वार्नर र एडम जाम्पा।
No ads found for this position


डिसी नेपाल
Facebook Comment