सर्वोच्चले सन्दीपलाई विदेश जाने अनुमति दिएन

डिसी नेपाल
१२ फागुन २०७९ १७:२६
664
Shares

काठमाडौं। सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन। न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले उनलाई विदेश जाने आने अनुमति नदिएको हो।

आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा सन्दीप लामिछानेले निवेदन दिएका थिए। साथै अदालतले महान्यायाधिवक्ता कार्यालय र सन्दीपको निवेदनलाई साथमा राखेर १४ गते (आइतबार) पेश गर्न आदेश दिएको छ।

नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो।

उक्त सर्त खारेज गर्नुपर्ने जिकीरसहित आईसीसी क्रिकेट विश्वकप लिग-२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट बिहीबार सर्वोच्चमा निवेदन दायर गरिएको थियो।

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र पिएनजीविरूद्धको एकदिवसीय सिरिजका नेपाली टिम भोलि (शनिबार) युएई जाँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *