चलचित्र ‘जय हो’ मा अभिनेत्री निशा अधिकारी अनुबन्धित

डिसी नेपाल
१३ फागुन २०७९ १०:१७
128
Shares

काठमाडाैं। शोभित बस्नेत प्रस्तुतकर्ता रहने सिनेमा ‘जय हो’ मा अभिनेत्री निशा अधिकारी अनुबन्धित भएकी छन्।

शुक्रबार प्रस्तुतकर्ता बस्नेत र अभिनेत्री अधिकारीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। निशा अभिनित पछिल्लो सिनेमा ‘म’ गत साउनमा प्रदर्शनमा आएको थियो। अधिकारीले हालै मात्र सिनेमा ‘आँखा’को छायांकन सकाएकी छन्।

टेक पौरखी राईको निर्देशनमा बन्ने सिनेमामा यसअघि नै केकी अधिकारी, सलोन बस्नेत, अर्पण थापा र माओत्से गुरुङलगायतका कलाकार फाइनल भइसकेका छन्।

फागुन २५ देखि फ्लोरमा जाने सिनेमाको ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत छायांकन पोखरामा गरिनेछ।

सुरेश न्यौपानेको कथा रहने सिनेमामा सौरभ लामाको छायांकन र शम्भुजित बाँस्कोटाको संगीत रहनेछ। कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहने सिनेमालाई आगामी तिजमा रिलिज योजना निर्माण टिमको छ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने सिनेमाको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन्। अधिकारी र सरकार जय हो विजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *