रोनाल्डोकाे साउदी प्रो लिगमा अर्को ह्याट्रिक
काठमाडौँ क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा अर्को ह्याट्रिक गरेका छन्। रोनाल्डोले हयाट्रिक गरे अल नासरले घरेलु टोली डेमाक एफसीलाई ३–० ले सजिलै पराजित गर्यो।
प्रिन्स सुल्तान विन अब्दुल्लाजिज स्पोर्ट्स सिटी स्टेडियममा अभामा शनिबार राति भएको खेलमा रोनाल्डोले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए।
खेलको १८औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै अल नासरलाई सुरुवाती अग्रता दिलाए भने २३औं मिनेटमा रोनाल्डोले सुल्तान अल घनामको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अल नासरलाई २–० को अग्रता दिलाए। ४४औं मिनेटमा रोनाल्डोले अर्को गोल गर्दै हयाट्रिक गरे । उनको हयाट्रिकमा एमनको पासले भुमिका खेल्यो।
रोनाल्डोले आफ्नो करिअरको ६२औं तथा अल नासरका लागि दोस्रो तथा ह्याट्रिक पूरा गरेका हुन्। यस जितसँगै अल नासर १८ खेलबाट ४३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment