आर्सनलकाे शीर्षतालाई कायमै

डिसी नेपाल
१४ फागुन २०७९ ९:५१
100
Shares

काठमाडौँ। इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले महत्वपूर्ण जित निकाल्दै आफ्नो शीर्षतालाई कायमै राखेको छ।

दोस्रो हाफमा घरेलु टोली लेस्टर सिटीमाथि १–० को महत्वपूर्ण जित निकाल्दै आर्सनलले शिर्षता कायमै राखेको हो। ब्राजिली युवा विंगर गाब्रिएल मार्टिनेलीले गोल गरेर योगदान गरेका थिए।

दोस्रो हाफको शुरु ४६औं मिनेटमा लियान्द्रो ट्रोससार्डको पासमा मार्टिनेलीले गोल गरेका हुन्। यस जितसँगै शीर्षस्थानमा रहेको आर्सनलको २४ खेलबाट ५७ अंक सहित शिर्ष स्थानमा छ भने पराजित लेस्टर २४ अंक जोडेर १४औं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *