आज महिला टि-२० विश्वकपको फाइनल, दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप २०२३ को फाइनल खेल आज अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुँदैछ ।
यो खेल केप टाउनको न्युल्यान्ड्स मैदानमा हुनेछ । दक्षिण अफ्रिकी महिला टोली टी–२० विश्वकपको फाइनलमा पुगेको यो पहिलो पटक हो ।
यससँगै पाँच पटकको च्याम्पियन अस्ट्रेलिया छैटौं पटक उपाधि कब्जा गर्न मैदान उत्रनेछ ।
समूह चरणमा अष्ट्रेलियाले न्यूजिल्याण्ड, बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
सेमिफाइनलमा अस्ट्रेलियाले भारतको सामना गरेको थियो । यो रोमाञ्चक खेलमा भारत पाँच रनले पराजित भएको थियो ।
अर्कोतर्फ, दक्षिण अफ्रिकाले फाइनलमा पुग्न निकै मेहनत गर्नुपरेको थियो । पहिलो खेलमा श्रीलंकासँग र दोस्रो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो ।
तर, दुई खेल जितेर दक्षिण अफ्रिकाले सेमिफाइनलमा प्रवेश गरेको थियो भने नकआउट खेलमा इंग्ल्याण्डलाई हराउँदै पहिलो पटक फाइनलमा प्रवेश गरेको थियो ।







डिसी नेपाल







Facebook Comment