घरेलु टाेली टोटनहमसँग चेल्सी २-० ले पराजित

डिसी नेपाल
१५ फागुन २०७९ ७:३९
48
Shares

काठमाडौं। टोटेनहम हटस्परले चेल्सीलाई पराजित गरेको छ। इंग्लिस प्रिमियर लिगमा टोटेनहमले घरेलु मैदानमा चेल्सीलाई २-० ले पराजित गरेको हो।

टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलमा ओलिभर स्किप र कप्तान ह्यारी केनले ले गोल गर्दै चेल्सीलाई २-० ले पराजित गरेको हो। दुवै गोल दोस्रो हाफमा भएको थियो।

दोस्रो हाफको शुरुमै ओलिभर स्किपले गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाए भने ८२औं मिनेटमा कप्तान केनले गोल गर्दै टोटेनहमको जित पक्का गरिदिए।

यस जितसँगै चौथो स्थानमा रहेको टोटेनहमको २५ खेलबाट ४५ अंकमा छ भने चेल्सी २४ खेलबाट ३१ अंकसहित १०औं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *