इराकमा आइएसका सत्र आतङ्ककारी मारिए

डिसी नेपाल
१५ फागुन २०७९ १८:३७
16
Shares

बगदाद । इराकमा यहाँको सुरक्षा फौजको कारबाहीमा परी आइएस आतङ्ककारी समूहका कम्तीमा पनि १७ जनाको ज्यान गएको बताइएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार इराकको पश्चिमी प्रान्त अन्बरको अकसात क्षेत्रमा ती आतङ्ककारी मारिएका हुन् । इराकी सेनाका प्रवक्ता याहिया रोसलले दिएको जानकारीअनुसार यहाँका कतिपय क्षेत्रमा आइएसले पछिल्लो समयमा आतङ्क मच्चाएकाले उनीहरुका विरुद्धमा सेनाले कारबाही अघि सारेको छ ।

सो कारबाहीमा परेर आइतबार आइएस समूहका एकजना कमाण्डर सहित १७ जनाको ज्यान गएको प्रवक्ता रोसलले जानकारी दिएका हुन् ।

प्रवक्ता रोसलले गएका केही महिना यतादेखि यहाँको सेनाले उक्त अन्बर प्रान्तमा सशक्त कारबाही गर्दै आएको छ । सो प्रान्तमा यहाँका आइएस समूहले सुरक्षा फौज तथा सरकारी कार्यालयमाथि नै आक्रमण गर्ने गरेकाले सो कारबाही अघि बढाइएको हो । इराकको सेनाले सन् २०१७ मा आइएसका विरुद्धमा व्यापक कारबाही गरी देशका सबै भूभाग आफ्नो नियन्त्रणमा लिएको थियो ।त्यसपछि यहाँ शान्ति सुरक्षाको राम्रो अवस्था रहेको भए पनि कतिपय स्थानमा अहिले पनि आइएसले आतङ्ककारी गतिविधिलाई निरन्तरता दिने गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.