फिल्म ‘बहाव’ को ट्रेलर सार्वजनिक

डिसी नेपाल
१५ फागुन २०७९ १९:१९
64
Shares

काठमाडौं। अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल अभिनीत फिल्म ुबहावु को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा सुरक्षा पन्तलाई सुरक्षा विद्रोही पात्रको रूपमा देख्न सकिन्छ।

प्रमोद कँडेलको लेखन तथा निर्देशन र श्रीधर पौडेलले निर्माण रहेको फिल्मको विषयवस्तु जिज्ञासा, विचार र यथार्थमा आधारित छ। फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, हीरालाल कँडेल, ईश्वरी सिंह, पवन श्रेष्ठलगायत कलाकारको अभिनय छ।

कार्तिकेय स्मिता कर्नाटकले छायाङ्कन गरेको यस फिल्मलाई सुजन बडालले सम्पादन गरेका हुन्। स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्म आगामी चैत २४ गतेबाट प्रदर्शन हुने तयारीमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *