बाग्मती प्रदेशले हातिको आक्रमणमा निधन भएका परिवारलाई १–१ लाख राहत दिने

डिसी नेपाल
१६ फागुन २०७९ १८:३३

हेटौडा । बाग्मती प्रदेशले हात्तिको आक्रमणबाट मृत्यु भएका तीन परिवारलाई १–१ लाख राहत दिन भएको छ ।

आन्तरिम तथा कानुन मन्त्री गंगा श्रेष्ठका अनुसार आज बिहान बसेको बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

उनका अनुसार जंगली हात्तीको आक्रमणमा परि ज्यान गुमाएका मकवानपुर मनहरी– ४ का ६४ वर्षीय राधा अधिकारी, मकवानपुर बकैया–५ का सन्तलाल माझी र सिन्धुली कनपा–१३ रानीबासका ४१ वर्षीय डण्डपाणि पौडेलको परिवारलाई १–१ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *