आत्मघाती गोलले म्याड्रिड माथि बार्सिलोनाको जीत

डिसी नेपाल
१९ फागुन २०७९ ८:५३
288
Shares

काठमाडौँ। क्याटलान क्लब बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गरेको छ। स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लिगमा बार्सिलोनाले रियलमाथि १–० को जित दर्ता गरेको हो।

पहिलो हाफमा एडर मिलिसाओको आत्मघाती गोल नै जीतका लागि निर्णायक बन्यो। सान्टियागो बर्नबेउमा बिहीबार राति भएको खेलको २६औं मिनेटमा मिलिसाओले आत्मघाती गोल गर्न पुगेका हुन्। त्यसमा अफसाइड रहेको भन्दै रेफ्रीले भिएआर चेक गर्दा  अफसाइड नदेखिए पछि रेफ्रीले गोललाई मान्यता दिएको थियो।

यस जितसँगै बार्सिलोनाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। अब दोस्रो लिगमा यही नतिजा कायम राख्न सके बार्सिलोना फाइनलमा पुग्नेछ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *