शाहरुख खानको बंगला मन्नतमा दुई व्यक्ति पर्खाल नाघेर छिरे
काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको बंगला मन्नतमा दुई जनाले बिना जानकारी प्रवेश गरेको खबर छ । समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई प्रहरीले यस मामिलामा दुई जनालाई पक्राउ गरेको छ।
बिहीबार बिहान सबेरै पर्खाल नाघेर यी मानिसहरू मन्नत प्रवेश गरेका थिए, त्यसपछि बंगलाका सुरक्षाकर्मीले उनीहरूलाई समातेका थिए।
एएनआईले प्रहरीलाई उद्धृत गर्दै दुवै युवाको उमेर २० देखि २२ वर्ष रहेको र शाहरुख खानलाई भेट्ने इच्छा लिएर गुजरातबाट मुम्बई आएको बताएको छ । दुवै विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।
प्रहरी स्रोतलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले बताएको छ कि दुवै जना बिहान ३-४ बजे बंगलामा प्रवेश गरेका थिए ।
टाइम्स अफ इन्डियाका अनुसार जब यी दुई युवा मन्नतमा प्रवेश गरे, शाहरुख फिल्म ‘जवान’ को सुटिङका लागि घरबाट बाहिर थिए र त्यही समयमा मन्नत फर्किएका थिए ।
हाल शाहरुख खान फिल्म ‘जवान’ र ‘डंकी’ को सुटिङमा व्यस्त छन् ।
शाहरुख खानको हालैको फिल्म ‘पठान’ ले बक्स अफिसमा एक हजार करोडभन्दा बढीको कमाई गरेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment