भारत भर्सेज अस्ट्रेलिया : इन्दौरको पिचलाई आईसीसीले खराब घोषित गर्यो
काठमाडौं । भारत र अस्ट्रेलियाबीचको बोर्डर गावस्कर सिरिजको तेस्रो टेष्ट खेल इन्दौरमा भएको छ । पाँच दिनसम्म चल्नुपर्ने यो खेल तेस्रो दिनमै सकिएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल अर्थात आईसीसीले इन्दौरको पिच खराब भएको बताएको छ । दुवै टोलीका स्पिन बलरले पहिलो दिनदेखि नै पिचबाट सहयोग लिन थालेका थिए ।
र नतिजा यस्तो आयो कि पूरै खेलमा झरेका ३१ विकेटमध्ये २६ स्पिनरको खातामा गए । र, तेस्रो दिनको पहिलो सत्रमै खेल सकिएको थियो ।
तीब्र गतिका बलरहरु चार विकेट लिएर मात्रै सन्तुष्ट हुनु परेको थियो भने एक खेलाडी रनआउट भएका थिए । आईसीसी म्याच रेफ्रीले इन्दौरको होल्कर स्टेडियमलाई तीन डिमेरिट अंक दिएका छन्।
बीसीसीआईसँग अब यो प्रतिवेदनलाई चुनौती दिन १४ दिनको समय छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment