‘दिलमाया-२’को टिजर सार्वजनिक
काठमाडौं। राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘दिलमाया-२’को अफिसियल टिजर सार्वजनिक भएको छ।
आइतबार सार्वजनिक टिजरमा अभिनेता तथा निर्माता किरण नेपाली र सेन्जल पौडेललाई मुख्य भुमिकामा प्रस्तुत गरिएको छ। लभस्टोरी कथामा निर्माण भएको सिनेमाको टिजरले दर्शकको मन जित्न सक्ने देखिन्छ।
राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा किरण र सेन्जलका अलवा सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरा देवि श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली लगायतका कलाकारको अभिनय रहेको छ। ‘दिलमाया-२’ को लेखन तथा निर्देशन स्वयंम राजु गिरीको नै रहेको छ।
बिष्णु निराकर र सुस्मिता खत्रीले खिचेको सिनेमामा खुम बहादुर सुनार र संगीता खत्रीको सम्पादन रहेको छ। सिनेमालाई शंकर गिरी, पुर्णकला गिरी र सरिता गिरीले मिलेर निर्माण गरेका हुन्।
सिनेमामा भिष्मराज फुलाराको गीत रचना, अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र देव महर्जनको द्धन्द्व निर्देशन र प्रोडक्सन म्यानेजरमा रेश्मा केसी रहेकी छन्।
सुपरहिट सिनेमा ‘दिलमाया’को सिक्वेलको रुपमा निर्माण भएको आगामी असार २९ गतेबाट देशभरका सिनेमा घरबाट प्रदर्शनमा आउँदैछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment