म्यानचेस्टर युनाइटेड ४-१ को जीतसँगै प्रि क्वाटरफाइनलमा
काठमाडौं। म्यानचेस्टर युनाइटेडले युरोपा लिगको प्रि-क्वाटरफाइनलमा पुगेकाे छ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब रियल बेटिसमाथि ४-१ को फराकिलो जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो।
युनाइटेडको जितमा मार्कस रासफर्ड, एन्टोनी, ब्रुनो फर्नान्डेस र वोउट वेगह्रस्टले योगदान गरे भने जवाफमा रियल बेटिसका एयोजी पेरेजले एक गोल फर्काएका थिए।
खेलको छैटौं मिनेटमा नै रासफर्डको गोलबाट युनाइटेडले १-० को अग्रता लिएको थियो तर ३२औं मिनेटमा एयोजीले गोल गर्दै खेललाई पहिलो हाफमा १-१ गोलको बराबरीमा ल्याए।
दोस्रो हाफको ५२औं मिनेटमा एन्टोनीको गोलमा २–१ ले अघि बढेको युर्नाटेड ५८औं मिनेटमा फर्नान्डेसको गोलमार्फत ३-१ को अग्रता लिन सफल भयो। ८२औं मिनेटमा वोउट वेगह्रस्टले स्कट म्याकटोमिनेको पासमा गोल गर्दै युनाइटेडको सानदार जित पक्का गराए।







डिसी नेपाल







Facebook Comment