सुनको मूल्य बढ्यो, चाँदी स्थिर
काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ।
आज सुनको मूल्य प्रति तोला ८ सय रुपैयाँले बढेर १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बिहीबार सुनको मूल्य प्रति तोला १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य स्थिर रहेको छ। बिहिबार प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment