कुमारी बैंकको ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
२६ फागुन २०७९ ११:१२
144
Shares

काठमाडौँ। कुमारी बैंकको ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर आज (फागुन २६ गते)देखि बिक्रीमा ल्याएको छ। संस्थापक सेयरधनी नेपाल इन्स्योरेन्स कम्पनीको नाममा रहेको उक्त सेयर बैंकले बिक्रीमा ल्याएको हो।

यस सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आबेदन दिनुपर्नेछ। सेयर मुल्य भने बिक्रेताले तोके बमोजिम हुने जारी सूचनामा उल्लेख गरिएको छ ।।

तोकिएको समयावधिसम्म संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने अन्य सर्वसाधारण तथा संघसंस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.