सत्ता गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवार सर्वसम्मत हुन सकेन, जसपा र जनमत दुवै पार्टीले उम्मेदवारी दिने
काठमाडौं । सत्तारुढ गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारका बारेमा सहमति हुन नसक्दा दुईवटा उम्मेदवारी दर्ता हुने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकले दुईवटा पार्टीको उम्मेदवारको नाम दर्ता गर्ने निर्णय भएको हो ।
‘अहिलेलाई जनता समाजवादी पार्टी र जनमत पार्टीका दुवै उम्मेदवारको नाम दर्ता गर्ने र त्यसैमा पछि ती दुवै मध्य एक नाममा सहमति खोजेर जाने निर्णय भएको छ,’ बैठकमा सहभागि आम आदमी पार्टीका अध्यक्ष प्रभु साहले भने ।
जसअनुसार जसपा नेपालका रामसहाय यादव र जनमत पार्टीकी ममता झाको उम्मेदवारी दर्ता हुने भएको छ। निर्वाचन आयोगले रामसहायको उम्मेदवारी दर्ता गर्न अस्विकार गरेमा जसपाले अर्को नामको उम्मेदवारी दर्ता गर्ने गरी बैठक सकिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment