प्रचण्डले प्रधानमन्त्री माग्दा दिएँ, माधव नेपालले राष्ट्रपति मागे एमालेमा आउन भनेपछि अस्वीकार गरेः ओली

डिसी नेपाल
२७ फागुन २०७९ १८:४९
544
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्तारुढ गठनबन्धन महिला बिरोधी रहेको बताएका छन्।

शनिबार पार्टी कार्यालय ललितपुरमा अखिल नेपाल महिला संघको सातौ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चौथो विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले कानून छलेर राज्यका हरेक निकायमा महिलालाई पछाडी पार्ने काम सत्तारुढ गठनबन्धनले गरेको र महिला बिरोधी देखिएको बताएका हुन्।

उनले राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्गको प्रतिनिधित्व गराउने बिषयमा पनि सत्ता गठबन्धनले जालझेल गर्न खोजेको धारणा राखे।

ओलीले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्छ भन्ने संवैधानिक व्यवस्था देखिएकाले यसै अनुसार अघि बढ्नुपर्नेमा जोड दिए।

त्यस्तै ओलीले प्रचण्डले प्रधानमन्त्री माग्दा दिएको र माधव नेपालले पनि राष्ट्रपति मागेको भन्दै आफ्नो पार्टीमा आउन भनेपछि नेपालले अस्वीकार गरेको जिकिर गरे।

ओलीले महिला आन्दोलनलाई डलर पचाउने माध्यममा रुपमा प्रयोग गर्न नहुने र वास्तविक रुपमै एमालेको महिला संगठनले मुलुकका लागि लडेको जिकिर गरे। उनले संगठनलाई बलियो बनाउन पनि सुझाव दिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.