पेनाल्टी सदुयोग गर्दा पाहुना टोली म्यानचेस्टर सिटी बिजयी
काठमाडौं। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी सिटीले घरेलु टोली क्रिस्टल प्यालेसमाथि झिनो जीत निकालेको छ।
सेलह्रस्ट पार्क लन्डनमा शनिबार राति भएको खेलमा पाहुना टोली सिटीले खेलको सुरु देखि नै घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफमा पेनाल्टीको सहारा लिनुपरेको थियो।
दोस्रो हाफको ७८औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई १-० को जित दिलाए। इल्केए गुन्डोगानलाई माइकल ओलिसले फउल गरेपछि पाएको पेनाल्टीलाई हालान्डले सदुपयोग गरे पछि सिटी विजयी भएको हो। सिटीको २६ खेलमा ६१ अंक छ भने क्रिस्टल प्यालेस २७ अंकसहित १२औं स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment