प्रभु ‘स्मार्ट फन्ड’ मा आवेदन दिने आज अन्तिम मौका

डिसी नेपाल
२८ फागुन २०७९ ९:२२
52
Shares

काठमाडौँ। प्रभु क्यापिटलले बिक्री खुला गरेको ‘प्रभु स्मार्ट फन्ड’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिने छ । फागुन १८ गतेदेखि ‘प्रभु स्मार्ट फन्ड’ का इकाई बिक्री खुला गरेको हो।

यस क्यापिटलले प्रभु म्युचुअल फन्ड अन्तर्गत प्रभु स्मार्ट फन्डको कुल ८ करोड इकाई निष्कासन गरेको हो। जसमध्ये इकाई कोष प्रवर्द्धक प्रभु बैंकलाई १४ प्रतिशत अर्थात १ करोड १२ लाख र १ प्रतिशत अर्थात ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटलाई सुरक्षित गरिएको छ।

सर्वसाधरणले बाँकी रहेको ६ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। प्रभु क्यापिटलले उक्त इकाई १० रुपैयाँ अंकित दरमा ८ करोड रुपैयाँ बराबरको इकाई बिक्रीमा ल्याएको हो। यो १० वर्षे बन्दमुखी योजना हो।

उक्त फन्डमा न्यूनतम १०० देखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ। फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएको हुनुपर्नेछ। सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्। प्रभु स्माट फन्ड प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको दोस्रो म्युचुअल फन्ड योजना हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.