कुशल भुर्तेल पनि आउट
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईसँग खेलिरहेको नेपालले सुरुवातमै दुई विकेट गुमाएको छ।
टस जितेर ब्याटिङ गरेको नेपालका पाँचौ ओभरमा दुवै ओपनर आउट भएका छन्। दोस्रो ओभरमा ओपनर आसिफ शेखलाई शून्य रनमा गुमाएको नेपालले पाचौँ ओभरमा कुशल भुर्तेललाई गुमाउन पुग्यो।
भुर्तेलले १५ बलमा ८ रन बनाएर आउट भए। उनी आयान खानको बलमा एलबीडब्लु भए। अहिले क्रिजमा रोहित पौडेल र कुशल मल्ल रहेका छन्। नेपालले ५ ओभरमा १२ रन बनाएर २ विकेट गुमाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment