‘नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया’ हुँदै

डिसी नेपाल
२८ फागुन २०७९ १३:०८
52
Shares

काठमाडौँ। नेपाली हिपहप रियालिटी शो `नेपहपको श्रीपेच´को कार्यक्रम अस्ट्रेलियामा हुने भएको छ। ‘नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया’ नाम दिइएको उक्त कार्यक्रम अस्ट्रेलियाको विभिन्न सहरमा आयोजना गरिनेछ।

शो का विजेता र निर्णायकहरूले मे २०२३ मा सिड्नी, पर्थ र ब्रिस्बेनमा होस्ट र डिजेसँगै आफ्नो प्रस्तुति दिनेछन्। पहिलो सिजनको विजेता भाइबर साइमनले फस्ट रनर अप जेनिस क्षेत्रीसँगै कलाकारहरूको नेतृत्व गर्नेछन्।

कार्यक्रम मे १२ मा सिड्नी, १७ मेमा पर्थ र १९ मे २०२३ मा ब्रिसबेनमा हुने तय गरिएको छ। कार्यक्रमका मुख्य निर्णायक मानस घले नेपालका चर्चित र्‍यापर हुन् र उनको उपस्थितिले प्रस्तुतिलाई नयाँ उचाइमा पुर्‍याउने निश्चित रहेको कार्यक्रम आयोजकहरू बताउँछन्।

कार्यक्रम अस्ट्रेलियामा नेपाली सांस्कृतिक कार्यक्रमको प्रमुख प्रवर्द्धक हाइपेक्स इभेन्ट्स एन्ड इन्टरटेनमेन्टले आयोजना गरेको हो । यस्तै कार्यक्रमका कार्यकारी निर्माता सुदिप पोखरेल र रोशन श्रेष्ठ पनि कार्यक्रमलाई लिएर निकै उत्साहित रहेको बत्ताउँछन्।अस्ट्रेलियामा भएका दर्शकहरूले कार्यक्रम हेर्न चाहेमा टिकट बुकिङ गर्न सक्नेछन्। कार्यक्रमको सञ्चालक सुजता श्रेष्ठले कार्यक्रमभर दर्शकलाई मनोरञ्जन र व्यस्त राख्नको लागि साथ दिने पनि बताएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.