वर्तमान सरकारमा सहभागी हुँदैनौंः राजेन्द्र लिङ्देन

डिसी नेपाल
२८ फागुन २०७९ १९:५१
708
Shares

काठमाडौं। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारमा सहभागी हुने सोच नरहेको बताएका छन्।

आइतबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले राप्रपाले सरकारलाई प्राथमिकतामा नराखेको र अहिले नै सहभागी सोच पनि नरहेको बताए।

उनले वर्तमान सरकारलाई समर्थन गर्ने सम्भावना पनि कम रहेको जिकिर गरे। त्यस्तै उपराष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने बिषयमा छिटै पार्टीले निर्णय गर्ने जानकारी दिए।

यसअघि राष्ट्रपतिको निर्वाचन राप्रपाले बहिष्कार गरेको नभई राजनीतिमा क्रियाशिल व्यक्तिले राष्ट्रपतिमा उम्मेदवारी दिएकै कारण कसैलाई पनि मत नहालेको स्पष्ट पारे। कार्यक्रममा सुरेश आचार्य लगायतका व्यक्तिहरुलाई राप्रपा प्रवेश गराइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.