नेपाल महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश

डिसी नेपाल
२९ फागुन २०७९ ८:५९
204
Shares

काठमाडौँ। नेपालले नर्दन मारियाना आइल्याण्डलाई पराजित गर्दै एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ।

प्यालेस्टाइनको फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रङ्गशालामा गएराति सम्पन्न खेलमा नेपालले नर्दन मारियाना आइल्याण्डलाई ६–० ले गोलअन्तरले पराजित गर्दै समूह ‘बी’ को विजेता बन्दै महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको हो।

नेपालले खेलको पहिलो हाफमा पाँच गोल गर्यो भने खेलको दोस्रो हाफमा एक गोल गरेको थियो। नेपालको जितमा दीपा शाही र सारा बज्राचार्यले दुई दुई गोल गरे। सरस्वती हमाल र जेनिफर रानाले एक एक गोल गरिन्। खेलको पाँचौँ मिनेटमा दिपाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन्। छैटौँ मिनेटमा साराले गोल गर्दा नेपाल २–० ले अघि रह्यो। खेलको १९ औँ मिनेटमा दिपाले व्यक्तिगत दोस्रो गोल गर्दा नेपालको अग्रता तेब्बर बन्यो।

खेलको ३० औँ मिनेटमा सरस्वतीले गोल गर्दै नेपाललाई ४–० गोलको अग्रता दिलाइन्। खेलको ४५ औँ मिनेटमा सारा बज्राचार्यले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरेपछि नेपालले पहिलो हाफमै ५–० को अग्रता लियो।

त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा जेनिफरले गोल गर्दै नेपाललाई ६–० को जित दिलाइन् जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलमा छ अङ्क जोड्यो। छनोटअन्तर्गत नेपालले पहिलो खेलमा आयोजक प्यालेस्टाइनलाई ६–० गोल अन्तरले हराएको थियो । उक्त समूहमा रहेको संयुक्त अरब इमिरेट्स (युएई) ले अन्तिम समयमा नखेल्ने घोषणा गरेको थियो।

दोस्रो चरणको छनोट खेल आगामी जुन ३ देखि ११ तारिखसम्म हुनेछ। जसबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा सन् २०२४ म हुने यू–२० महिला एसियन कप खेल्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *