चलचित्र ‘ए साथी सुन’को थ्रिलर टिजर सार्वजनिक

डिसी नेपाल
२९ फागुन २०७९ ११:४०
140
Shares

काठमाडौँ। अभिनेत्री बर्षा सिवाकोटी र डेव्यु अभिनेता रमेश बानियाँ अभिनय रहेको सिनेमा ‘ए साथी सुन’को थ्रिलर टिजर सार्वजनिक गरिएको छ । टिजर रिलिजसँगै निर्माण पक्षले सिनेमाको रिलिज पोस्टपोन्ड भएकको जानकारी समेत दिएको छ।

यसअघि चैत्र १० गतेबाट प्रदर्शनमा आउने बताइएको थियो । प्राविधिक काम नसकिएकाले सिनेमाको प्रचार प्रसार पनि गर्न नभ्याएको भन्दै निर्माण टिमले रिलिज सार्नु परेकको जानकारी दिएको छ । अब सिनेमा नयाँ २०८० जेठ ५ गतेबाट प्रदर्शनमा आउनेछ।

लभस्टोरी, थ्रीलर र कमेडी जानराको सिनेमामा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ। कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा सिनेमामा अभिनय गरेका छन्। ‘ए साथी सुन’ जयनन्द लामा अभिनित अन्तिम सिनेमा समेत हो।

राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको सिनेमालाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन्। इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाको सह-निर्मातामा सुदीप पौडेल छन्। सिनेमालाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.