पीएनजीमाथि नेपाल हावी ,सन्दीपले ४, ललित र कुशलले २/२ विकेट लिए
काठमाडौं। विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालको बलिङ पपुवा न्यूगिनीको ब्याटिङमाथि हावी भएको छ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पीएनजीमाथि सुरूदेखि दबाब बनाएको छ। २८ ओभरको खेल सकिँदा पीएनजीले ८ विकेट गुमाइसकेको छ। उसले अहिले केबल ९४ रन मात्रै बनाएको छ।
नेपालका लागि सन्दीप लामिछानेले ४ र ललित राजवंशीले २ विकेट लिइसकेका छन्। त्यसैगरी सोमपाल कामी र कुशल मल्लको नाममा एक एक विकेट रहेको छ।
सोमपाल कामी र कुशल मल्लको नाममा एक एक विकेट रहेको छ।
नेपालले कसिलो बलिङ गर्दा पीएनजीका कुनै खेलाडीले व्यक्तिगत २० रन कटाउन सकेनन्। पीएनजीका लागि असद भलाले ३१ बलमा सर्वाधिक २० रन बनाए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment